Lucky-Khabar_

अझै अमेरिकामा लागेको आगो फैलिंदा ७ जनाको मृत्यु भयो

२५ पुस,अझै अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर  फैलिंदा अहिलेसम्म ७  जनाको मृत्यु भइसकेको छ।

लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छन्।

लस एन्जलसको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले प्यालिसेड्स आगलागीमा २ जनाको मृत्यु भएको बताएका छन्। उनले अहिलेसम्म आगलागीको घटनामा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी अझै नआएका उल्लेख गरेका बीबीसी समाचारमा उल्लेख छ।

यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो।

क्राउलीका अनुसार प्यालिसेड्सको आगो १९,००० एकडभन्दा बढीमा फैलिएको छ। यसका कारण ५३०० भन्दा बढी घर वा भवनहरू ध्वस्त भएका छन्।

अग्नि विभाग प्रमुखले भेन्चुरा काउन्टीमा नयाँ आगलागी भएको बताएका छन्। यहाँ आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ। यसलाई निभाउन ६० भन्दा बढी दमकल पठाइएको छ।

केनेथमा पनि नयाँ आगलागी हुदा त्यहाँको आगो पनि ८०० एकड क्षेत्रफलमा फैलि सकेको छ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्ज–७ मा फोहोर व्यवस्थापनमा अनियमितताको आरोप, रकम नदिँदा फोहोर नउठाएको स्थानीयको गुनासो

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट दिए राजीनामा

लक्की खबर