Lucky-Khabar_

कान्तिपुर दैनिकका उपसम्पादक शंकर आचार्यको अध्यक्षतामा इकोनोमिक रिपोटर्स एशोसिएशन पर्सा गठन

२५ पुष,वीरगञ्ज ।आर्थिक विषयमा कलम चलाउने वीरगन्जका पत्रकारहरुको भेलाले  इकोनोमिक रिपोर्टर्स एशोसिएसन (इरा) तदर्थ समिति गठन गरेको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा आज भएको भेलाले यसअघि ओमप्रकाश खनालको संयोजकत्वमा रहेको इकोनोमिक रिपोर्टर्स एशोसिएसनलाई संस्थागत गर्न तदर्थ समिति गठन गरेको हो ।

कान्तिपुर दैनिकका उपसम्पादक शंकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको उपाध्यक्षमा जनकपुर टुडे दैनिकका अनिल तिवारी, नागरिक दैनिककी विमला गुप्ता, सचिवमा कारोबार राष्ट्रिय आर्थिक दैनिकका निरज पिठाकोटे, सहसचिवमा बीबीसी नेपाली सेवाकी माधुरी महतो र कोषाध्यक्षमा मध्य नेपाल सन्देश साप्ताहिककी कविता खड्का रहेका छन् ।

सदस्यहरुमा अन्नपूर्णपोष्ट दैनिकका क्रान्ति साह, इसनेशा अनलाईनका सुरेश विडारी, सीधाकुरा डटकमका जियालाल साह, बिजमाण्डु र प्रतीक दैनिकका राधेश्याम पटेल र भोजपुरी टाईम्स दैनिकका अजय चौरसिया रहेका छन् । यसअघिका संयोजक ओमप्रकाश खनालले तदर्थ समितिका अध्यक्ष शंकर आचार्यलाई जिम्मेवारी समेत हस्तान्तरण गर्नुभएको छ ।

तदर्थ समितिले तीन महिना भित्रमा संस्थाको विधान मस्यौदा निर्माण तथा संस्था दर्ताको प्रकृया पनि सम्पन्न गर्ने निर्णय गरेको छ । आजको बैठकले नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित संस्थाका निवर्तमान संयोजक ओमप्रकाश खनाल लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ ।

त्यस्तै निवर्तमान संयोजक खनाल र पूर्व संयोजक रितेश त्रिपाठीलाई सल्लाहाकारमा मनोनयन गरेको छ ।


content ad p2

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर