२५पुस्,पोखरा|छविलाल जोशीलाई पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपितमा धरौटीमा छोड्न आदेश दिइएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

छविलाल असोज ६ गते पक्राउ गरेका थिए। प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पूर्वडीआईजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र पनि दायर गरिएको छ। जोशीले ७४ करोड,३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको थियो।



