Lucky-Khabar_

वीरगञ्जको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार बिहान करिब ७ः३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नम्बर ११८ मा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा NITCOR-10 लेखिएका २० पत्तामा रहेका २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका दुई बोतल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तमकुमार पाठक र पर्साको वीरगञ्ज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद लागूऔषधसहित दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। साथै, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर