Lucky-Khabar_

नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३ सम्पन्न, विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर

वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिति पर्सा तथा नेशनल प्याब्सन वीरगञ्ज महानगरपालिका समितिको संयुक्त आयोजनामा ‘नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३’शनिबार वीरगञ्जस्थित बिरगञ्ज पब्लिक कलेज (बीपीसी)को सभाहलमा सम्पन्न भएको छ।

content ad p2

जिल्लाभरिका नेशनल प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चित्रकला, हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिरगञ्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठले गमलामा पानी हालेर गरेका थिए। कार्यक्रम नेशनल प्याब्सन जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा नेशनल प्याब्सन वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष सोनालाल पटेल, नेशनल प्याब्सनका केन्द्रीय सचिव इन्द्रदेव साह, हिसान पर्साका अध्यक्ष मुकेश गुप्ता, शिक्षाविद् मार्टिन मोक्तान, पवित्रा प्रधान, उत्तम गुप्ता, सन्तोष साहलगायत शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा सुश्मा सिंह, मार्टिन मोक्तान र सञ्जय चौरसिया रहेका थिए।चित्रकला प्रतियोगितामा माउन्ट हर्मन विद्यालयका चञ्चल उपाध्याय प्रथम, लर्ड बुद्ध विद्यालयका निरज प्रजापति द्वितीय तथा एन्जल वर्ल्ड विद्यालयकी नायरा श्रेष्ठ तृतीय भएका छन्।

हस्तलेखन प्रतियोगितामा ज्ञान उदय विद्यालयकी आइसा गुप्ता प्रथम, ओएसआईएस विद्यालयका निरज चौधरी द्वितीय तथा माउन्ट हर्मन विद्यालयकी ऐश्वर्या गुप्ता तृतीय भएका छन्।त्यसैगरी निबन्ध लेखन प्रतियोगितामा एन्जल वर्ल्ड विद्यालयका आयुष कुमार प्रथम, सोही विद्यालयकी उन्नति साह द्वितीय तथा ब्राइट पब्लिक विद्यालयका प्रेम चौरसिया तृतीय भएका छन्।

उत्कृष्ट प्रदर्शन गर्ने विजेता विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन जिल्ला समितिका सचिव प्रमोद रायमाझीले गरेका थिए। आयोजकले यस्ता प्रतियोगितामार्फत विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर