Lucky-Khabar_

पाँच वर्ष कैद सजाय पाएका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

वीरगञ्ज। चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना ठहर भएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतले २०८१ चैत २२ गते चोरी तथा डाँका सम्बन्धी कसूरमा दोषी ठहर गर्दै वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादवलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। अदालतको फैसला पश्चात् फरार रहेका यादवलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

फैसला कार्यान्वयन टोलीले शुक्रबार (२०८३ साउन ९ गते) दिउँसो करिब १२ः४० बजे वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी क्षेत्रबाट यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका यादवलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।यस सम्बन्धी जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर