Lucky-Khabar_

कलैया सिटी जेसिजको १५ औं वार्षिक साधारण सभाअधिवेशन सम्पन्न

२७ पुष,बारा|आज कलैया सिटी जेसिजको १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ ।

content ad p2

कलैया जेसिजको १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकस्थित उधोग बाणिज्य संघ बाराको सभा हलमा शुक्रबार एक कार्यक्रम बिच सम्पन्न भएको हो ।

अधिवेशनबाट कलैया सिटी जेसिज २०२५ का लागि अध्यक्षमा ओम प्रकाश कुमार सरार्फ निर्वाचित तथा कार्यकार्णी उपाध्यक्षमा धर्मेन्द्र प्रसाद यादव र संजय कुशवाहा पनि निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा संदिप प्रसाद यादव,मुकेश कुमार स्वर्णकार,उमेश कुमार साह र अर्बिन्द साह पनि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुभाष जैसवालले जानकारी दिएका छन् ।


२०२४ का अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष,बोर्डका सदस्य,संस्थापक अध्यक्ष,पुर्व अध्यक्ष,जेसिज सदस्य तथा पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर