२७ पुष,वीरगञ्ज । मकवानपुरमा भएको सवारी दुर्घटनामा कार चालक हेटौँडा उपमहानगरपालिका–४ स्कुलरोड बस्ने ६० वर्षका सुरेन्द्र लाल श्रेष्ठको भएका छन् ।

पूर्व पश्चिम सडकखण्डमा विपरीत दिशाका सवारी एकापसमा ठक्कर खाएका थिए । वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपीयो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठोक्किएको दुर्घटना भएको हो ।
दुर्घटनामा कार तथा स्कापियामा सवारी गरी थप १३ जना घाइते भएका छन् । घाइते हुने सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । डिएसपी श्यामु अर्यालका अनुसार घाइते हुनेहरुमा चितवन राप्ती–२ गड्यौली बस्ने ओम कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, सुमिना श्रेष्ठ, वीरगन्ज महानगरपालिका–२ छपकैया बस्ने पुजा देवी शाह, प्रियान्सी शाह, सुरदी देवी, निशा कुमारी शाह, ओम शंकर साह, राजिव कुमार साह, आरती कुमारी साह, दिब्या कुमारी साह, सरोज शर्मा र रोशनी शर्मा रहेका छन् ।
घाईतेहरु सबैको शरिरका विभिन्न भागहरुमा चोटपटक लागेको तथा चितवनको सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।




