Lucky-Khabar_

आज वीरगञ्जको गहवामाई मन्दिरमा २१ सय दीप प्रज्वलन

२७ पुष,पर्सा|आज  वीरगञ्जस्थित गहवामाई मन्दिरमा  २१ सय दीप प्रज्वलन गरिएको छ। भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा भगवान् श्रीरामको राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा वार्षिकोत्सवको अवसर पारेर मन्दिरमा दीप प्रज्वलन गरिएको हो।

content ad p2

गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले श्रद्धा, शुद्ध मन, र आस्थाका साथ भक्तजनहरू मन्दिर पुगेको बताएका छन् ।  गहवामाईको आशीर्वादले जीवनमा सुख, समृद्धि र प्रगति प्राप्त हुने जनविश्वास रहेको उल्लेख गर्दै वीरगञ्जवासीहरूलाई मन्दिरमा उत्साहका साथ सहभागी हुन अपिल गरेका थिए ।

दीप प्रज्वलनको यस विशेष कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गहवामाई मन्दिरमा हुने यस किसिमका धार्मिक गतिविधिले धार्मिक आस्था र संस्कृतिको संरक्षणमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर