Lucky-Khabar_

आज वीरगञ्जको गहवामाई मन्दिरमा २१ सय दीप प्रज्वलन

२७ पुष,पर्सा|आज  वीरगञ्जस्थित गहवामाई मन्दिरमा  २१ सय दीप प्रज्वलन गरिएको छ। भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा भगवान् श्रीरामको राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा वार्षिकोत्सवको अवसर पारेर मन्दिरमा दीप प्रज्वलन गरिएको हो।

content ad p2

गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले श्रद्धा, शुद्ध मन, र आस्थाका साथ भक्तजनहरू मन्दिर पुगेको बताएका छन् ।  गहवामाईको आशीर्वादले जीवनमा सुख, समृद्धि र प्रगति प्राप्त हुने जनविश्वास रहेको उल्लेख गर्दै वीरगञ्जवासीहरूलाई मन्दिरमा उत्साहका साथ सहभागी हुन अपिल गरेका थिए ।

दीप प्रज्वलनको यस विशेष कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गहवामाई मन्दिरमा हुने यस किसिमका धार्मिक गतिविधिले धार्मिक आस्था र संस्कृतिको संरक्षणमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर