Lucky-Khabar_

पर्सा प्रहरीले ठुलो मात्रामा चरेस बरामद

२९पुष,बिरगन्ज | पर्सा प्रहरीको टोलीले  ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी बिट छपकैया र प्रहरी चौकी गणेश टोलको संयुक्त टोलीको  कारबाहीमा १९ . ५  कि. ग्रा. लागुऔषध चरेस बरामद गरिएको छ।

बिर्ता प्रहरीका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक बृजभूषण पाण्डे र हवलदार अभय झाको संयुक्त टोलीले बीरगंज महानगरपालिका-१६ गणेश टोलस्थित एक घरमा बोराभित्र लुकाइछिपाई राखिएको चरेस फेला पारेको हो।

विशेष सूचनाका आधारमा आइतबार राति ८ बजे गरिएको छापामारीमा उक्त चरेस बरामद भएको  व.प्रा.का.बिर्ताका प्रमुख प्र.नि. निरोज चौलागाईंले   जनाएको छ। सो  विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको चौलागाईंले जानकारी दिएका छन्।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर