Lucky-Khabar_

पर्सा प्रहरीले ठुलो मात्रामा चरेस बरामद

२९पुष,बिरगन्ज | पर्सा प्रहरीको टोलीले  ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी बिट छपकैया र प्रहरी चौकी गणेश टोलको संयुक्त टोलीको  कारबाहीमा १९ . ५  कि. ग्रा. लागुऔषध चरेस बरामद गरिएको छ।

बिर्ता प्रहरीका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक बृजभूषण पाण्डे र हवलदार अभय झाको संयुक्त टोलीले बीरगंज महानगरपालिका-१६ गणेश टोलस्थित एक घरमा बोराभित्र लुकाइछिपाई राखिएको चरेस फेला पारेको हो।

विशेष सूचनाका आधारमा आइतबार राति ८ बजे गरिएको छापामारीमा उक्त चरेस बरामद भएको  व.प्रा.का.बिर्ताका प्रमुख प्र.नि. निरोज चौलागाईंले   जनाएको छ। सो  विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको चौलागाईंले जानकारी दिएका छन्।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर