Lucky-Khabar_

जसपामा लोसपाका नेता पुरुषोत्तम झा सहित नेताहरु प्रवेश

५ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता पुरुषोत्तमलाल झा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीले शनिबार वीरगञ्जमा आयोजना गरेको बलिदानी दिवस तथा वृहत पार्टी प्रवेश कार्यक्रममा झा सहितका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

content ad p2

कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष अशोक राई र बरिष्ठ उपाध्यक्ष सुशीला श्रेष्ठ, केन्द्रीय उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतका नेताहरुको उपस्थितिमा झालाई पार्टीमा प्रवेश गराएका छन् । कार्यक्रम वीरगञ्जको नगरसभागृहमा आयोजना गरिएको गरिएको थियो|


झा पञ्चायत कालमा पूर्व नगर उपप्रमुख समेत भएका थिए तथा महन्थ ठाकुर नेतृत्वको लोसपाका पर्सा अध्यक्ष समेत हुन् । उनि सहित थारु विद्यार्थी समाजका केन्द्रीय सचिव विकास चौधरी पनि जसपामा प्रवेश गरेका छन् ।

जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रवेशी झा लगायतका नेता कार्यकर्ताहरुलाई जसपाका अध्यक्ष अशोक राईले माला र अविर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर