Lucky-Khabar_

जसपामा लोसपाका नेता पुरुषोत्तम झा सहित नेताहरु प्रवेश

५ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता पुरुषोत्तमलाल झा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीले शनिबार वीरगञ्जमा आयोजना गरेको बलिदानी दिवस तथा वृहत पार्टी प्रवेश कार्यक्रममा झा सहितका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

content ad p2

कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष अशोक राई र बरिष्ठ उपाध्यक्ष सुशीला श्रेष्ठ, केन्द्रीय उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतका नेताहरुको उपस्थितिमा झालाई पार्टीमा प्रवेश गराएका छन् । कार्यक्रम वीरगञ्जको नगरसभागृहमा आयोजना गरिएको गरिएको थियो|


झा पञ्चायत कालमा पूर्व नगर उपप्रमुख समेत भएका थिए तथा महन्थ ठाकुर नेतृत्वको लोसपाका पर्सा अध्यक्ष समेत हुन् । उनि सहित थारु विद्यार्थी समाजका केन्द्रीय सचिव विकास चौधरी पनि जसपामा प्रवेश गरेका छन् ।

जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रवेशी झा लगायतका नेता कार्यकर्ताहरुलाई जसपाका अध्यक्ष अशोक राईले माला र अविर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर