५माघ,वीरगञ्ज। मधेश प्रदेशमा आज १८औं बलिदानी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। बलिदानी दिवसको अवसरमा मदेशी स्वास्थयकर्मी फोरम नेपाल पर्साले आज वीरगञ्जस्थित घण्टाघरमा निर्माण गरिएको मधेश आन्दोलनका शहीदहरूको प्रतिमामा फूलमाला अर्पण कार्यक्रम गरेका छन।

उक्त कार्यक्रममा मदेशी स्वास्थयकर्मी फोरम नेपाल पर्साका जिल्जला अध्यक्ष संजय चन्द्रवंशी,केन्द्रिय उपाध्यक्ष सचिनान्द जैसवाल,कोषाध्यक्ष बडेलाल प्र.साह,जयमंगल प्रा.कुशवाहा,जिल्ला सचिव रत्नेश्वर कु.साह,केन्द्रिय सल्लाहकार रामेश्वर प्र.साह,प्रदेश अध्यक्ष शिवशंकर प्र.यादव,शत्रुधन यादव,केन्द्रिय उपाध्यक्ष देवरिता चौधरी,सदश्य मिरा कु.यादव,मुनिन्द्र यादव,सुरेन्द्र यादव,तारा चन्द्र यादव,नरेश ठाकुर,पत्रकारहरु र स्थानीय बुद्धिजीवीहरुको लगायतको उपस्थिति रहेको थियो।

त्यसतै कार्यक्रममा मदेशको हक सम्बन्धि बिभिन्न नारा सहितको संबोधन गरेका थिए|
बलिदानी दिवस मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको योगदानलाई स्मरण गर्न मनाउने गरिन्छ। विशेषतः २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा यो दिवस मनाइन्छ। रमेश महतोको निधनसँगै सुरु भएको आन्दोलनले मधेशमा संघीयता र समावेशिताको मागलाई बलियो आधार प्रदान गरेको थियो।
२०६२/०६३ सालको जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको विरोधमा मधेशी जनताले आन्दोलन गरेका थिए। माघ २ गते सुरु भएको आन्दोलनको क्रममा माघ ५ गते लहानमा रमेश महतोको निधन भएको थियो। त्यसपछि मधेशभर व्यापक आन्दोलन भएको थियो।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आन्दोलनका मागहरू सम्बोधन गर्न अन्तरिम संविधान संशोधन गर्ने सम्झौतापछि २१ दिने आन्दोलन स्थगित गरिएको थियो। यही आन्दोलनलाई मधेश जनविद्रोहका रूपमा चिनिन्छ।
मधेश प्रदेश सरकार गठन भएदेखि शहीदहरूको सम्मानमा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने परम्परा सुरु गरिएको छ। यस दिनलाई मधेश आन्दोलनको बलिदान र उपलब्धिलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ।





