Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ । सहप्रवक्ता रावललाई उक्त जिम्मेवारी दिइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएको छ |।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । “मिति २०८१।१०।०३ गतेदेखि मिति २०८१।१०।३० गते (ने.सं. ११४५ पोहेलागा तृतीयादेखि सिल्लाथ्व पुन्ही) सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सहप्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौँ,” बुर्लाकोटीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।


content ad p2

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर