Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ । सहप्रवक्ता रावललाई उक्त जिम्मेवारी दिइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएको छ |।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । “मिति २०८१।१०।०३ गतेदेखि मिति २०८१।१०।३० गते (ने.सं. ११४५ पोहेलागा तृतीयादेखि सिल्लाथ्व पुन्ही) सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सहप्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौँ,” बुर्लाकोटीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।


content ad p2

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर