Lucky-Khabar_

अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा बुझाए

४ माघ,पोखरा ।अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा बुझाएका  छन्। शिक्षामन्त्री विद्या भट्टराईको जिल्लाका कास्कीका ३५ शिक्षकले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका हुन्।

२०७५ चैत ४ गतेपछि स्थायी भएका शिक्षकले अध्यादेशमा सरकारले अन्यायपूर्ण व्यवहार गरेको भन्दै राजीनामा दिएका छन्। अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिनुपरेको बताएका छन्।

‘प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानुनको निर्माण गरी अध्यादेश जारी गरिएको अवस्था छ। अध्यादेशको कार्यान्वयनले ६ वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने भएको छ,’ उनीहरूले भनेका छन्।


राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरूको भनाइ छ। सामूहिक राजीनामा बुझेपछि कास्कीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्यले राजीनामा–पत्र सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन्।

सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए।

content ad p2

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर