Lucky-Khabar_

माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको निर्णय

७ माघ,काठमाडौँ ।  माघ १८ गते ससद् अधिवेशन आह्वान गर्न सिफारिस सरकारले गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब बढाएका थिए।गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो।


content ad p2

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर