पक्राउ परेका व्यक्ति हतियार तस्कर हुन् वा होइनन् भन्ने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। लतमरीमा रहेका सुनिल साह एक होटलमा खाजा खाइरहेका बेला उनीहरूको गतिविधि शंकास्पद देखिएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल (एफओबी) मठियाबाट खटिएको टोली राति साढे ८ बजे त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि दुईजना भागेका थिए।
एसपी हुमागाईंले बताए बताए अनुसार पक्राउ परेका झाले प्रयोग गरेका विआर ०५ बिडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरेर आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइने छ ।




