८माघ,बिरगंज । सुनचाँदीको मूल्य नेपाली बजारमा आज बढेको छ।
छापावाल सुन लामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।
त्यस्तै बजारमा आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।





