Lucky-Khabar_

अभिनेता गोविन्दाका छोरा बलिउडमा डेब्यू गर्दैछन्

८माघ,भारत|अभिनेता गोविन्दाका छोरा बलिउडमा डेब्यू गर्दैछन्। हालै अभिनेत्री रविना टन्डनकी छोरी राशा थडानी र अजय देवगनका भतिज अमन देवगनले ‘आजाद’ मार्फत बलिउडमा डेब्यू गरेका थिए ।

बक्स अफिसमा फिल्मले चमत्कार गर्न नसके पनि फिल्ममा राशाको नृत्य र अभिनयलाई फ्यानहरूले मन पराए । अब गोविन्दाका छोरा यशवर्धनले पनि बलिउडमा आफ्नो भाग्य कोर्ने प्रयास गर्दैछन् । यशवर्धन र इर्फान खानका छोरा बाबिलसँग एउटा फिल्ममा सँगै काम गर्न सक्ने बताइएको छ । फिल्मको शिर्षक अहिले तय भएको छैन ।

अल्लु अरविन्द र एसकेएन फिल्म्ससँगको सहकार्यमा मधु मन्टेनाले निर्माण गर्ने यो फिल्मलाई साई राजेशले निर्देशन गर्नेछन् । फिल्मका निर्माताहरूले नयाँ अनुहार चाहेको बताइएको छ । यसका कारण पनि पनि बाबिल खान र यशवर्धन आहुजाको नाम अगाडि आइरहेको भनिएको छ ।

फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी अझै जारी संगै कास्टिङ निर्देशक मुकेश छाबडा फिल्मका लागि नयाँ अनुहार खोजिरहेको बताइएको छ । यस फिल्मको लागि १४ हजारभन्दा बढी अडिसन भिडियोहरू आएको छ । २०२५ को गर्मी यामसम्ममा फिल्म फ्लोरमा जान सक्ने भएकोले बाबिल र यशवर्धनको अपोजिटमा नयाँ अभिनेत्रीलाई चाँडै फाइनल गरिने खबर छ ।

फिल्मको आधिकारिक घोषणा हुन बाँकी छ । यशवर्धन बलिउडका दिग्गज अभिनेता गोविन्दा र सुनिता आहुजाका छोरा हुन् । उनकी एक जेठी दिदी छिन् टीना । टिना पनि अभिनय क्षेत्रमै छिन् । तर उनको करियर खासै सफल भएन । बाबिलको कुरा गर्दा, उनले २०२२ को ‘कला’ बाट अभिनयमा डेब्यू गरेका थिए ।

अन्विता दत्तद्वारा निर्देशित यस फिल्ममा तृप्ति डिमरी र स्वस्तिका मुखर्जी मुख्य भूमिकामा थिए । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो ।

content ad p2

सम्बन्धित खबर

५ करोड डलरको हिराजडित ब्रा लगाउँदै काइली जेनरको भिक्टोरियाज सेक्रेट फेसन शोमा डेब्यु

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर