Lucky-Khabar_

अभिनेता गोविन्दाका छोरा बलिउडमा डेब्यू गर्दैछन्

८माघ,भारत|अभिनेता गोविन्दाका छोरा बलिउडमा डेब्यू गर्दैछन्। हालै अभिनेत्री रविना टन्डनकी छोरी राशा थडानी र अजय देवगनका भतिज अमन देवगनले ‘आजाद’ मार्फत बलिउडमा डेब्यू गरेका थिए ।

बक्स अफिसमा फिल्मले चमत्कार गर्न नसके पनि फिल्ममा राशाको नृत्य र अभिनयलाई फ्यानहरूले मन पराए । अब गोविन्दाका छोरा यशवर्धनले पनि बलिउडमा आफ्नो भाग्य कोर्ने प्रयास गर्दैछन् । यशवर्धन र इर्फान खानका छोरा बाबिलसँग एउटा फिल्ममा सँगै काम गर्न सक्ने बताइएको छ । फिल्मको शिर्षक अहिले तय भएको छैन ।

अल्लु अरविन्द र एसकेएन फिल्म्ससँगको सहकार्यमा मधु मन्टेनाले निर्माण गर्ने यो फिल्मलाई साई राजेशले निर्देशन गर्नेछन् । फिल्मका निर्माताहरूले नयाँ अनुहार चाहेको बताइएको छ । यसका कारण पनि पनि बाबिल खान र यशवर्धन आहुजाको नाम अगाडि आइरहेको भनिएको छ ।

फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी अझै जारी संगै कास्टिङ निर्देशक मुकेश छाबडा फिल्मका लागि नयाँ अनुहार खोजिरहेको बताइएको छ । यस फिल्मको लागि १४ हजारभन्दा बढी अडिसन भिडियोहरू आएको छ । २०२५ को गर्मी यामसम्ममा फिल्म फ्लोरमा जान सक्ने भएकोले बाबिल र यशवर्धनको अपोजिटमा नयाँ अभिनेत्रीलाई चाँडै फाइनल गरिने खबर छ ।

फिल्मको आधिकारिक घोषणा हुन बाँकी छ । यशवर्धन बलिउडका दिग्गज अभिनेता गोविन्दा र सुनिता आहुजाका छोरा हुन् । उनकी एक जेठी दिदी छिन् टीना । टिना पनि अभिनय क्षेत्रमै छिन् । तर उनको करियर खासै सफल भएन । बाबिलको कुरा गर्दा, उनले २०२२ को ‘कला’ बाट अभिनयमा डेब्यू गरेका थिए ।

अन्विता दत्तद्वारा निर्देशित यस फिल्ममा तृप्ति डिमरी र स्वस्तिका मुखर्जी मुख्य भूमिकामा थिए । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो ।

content ad p2

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर