Lucky-Khabar_

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले धान खरिदको लक्ष्य नभेटाउन सकिने

८ माघ, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले यस वर्ष पनि धान खरिदको लक्ष्य नभेटाउन सक्ने भएको छ ।

यस वर्ष ४२ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा कम्पनीले अहिलेसम्म २२ सय ७० क्वीन्टल मात्र खरिद गरेको छ । मङ्सिर २० गतेबाट किसानका धान खरिद गर्न थालेको खाद्य व्यवस्था कम्पनीले माघ ७ गतेसम्म २२ सय ७० क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख पंकज कुमार झाले बताएको छ  ।

झा अनुसार अहिले पर्सा र बाराका किसानहरु न्यून मात्रामा धान खरिद गर्न आईरहेका छन् । सरकारको मूल्यभन्दा बजारमा मूल्य बढी पाईरहेको कारण किसानहरु धान विक्री गर्न नचाहेका हुन् ।

सोना मन्सुली धानको नेपाल सरकारले तोकेको समर्थन मूल्य अनुसार ३५ सय ८० रुपैयाँ ६२ पैसामा धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले जनाएको छ । सोना मन्सुली धान ३५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म २२ सय क्विन्टल खरिद गरिएको कार्यालय प्रमुख झाले बताए । यस बर्ष जिरा मसिनो धान विक्री गर्न किसानहरु नआएको उनको भनाई छ ।

बारा र पर्सा जिल्ला गरेर जम्मा ४९ जना किसानले धान विक्री गर्न आएको कार्यालयले जनाएको छ । नगद रुपमा पैसा चाहेकाहरुले मात्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखामा धान विक्री गर्न आएको कार्यालयका बरिष्ठ सहायक तथा सूचना अधिकारी समिर दाहालले बताए ।

दाहालका अनुसार २  वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान नबेचेका हुन् । यस वर्ष समर्थन मूल्य केही बढेपनि बजार मूल्यभन्दा कमै भएकोले किसानहरु धान बेच्न नआएको उनको भनाई छ । किसानले अहिले पनि धान बेच्न चाहेमा कार्यालय धान खरिद गर्न तयार रहेको समेत दाहालले बताए ।


content ad p2

सम्बन्धित खबर

पर्सा–बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

लक्की खबर

नागरिकसँग मागे माफी, कमजोरी सुधार्दै जनताको हितमा समर्पित हुने प्रतिबद्धता:गाउँपालिकाका अध्यक्ष यशवन्त  यादव

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर