Lucky-Khabar_

मधेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह सवारी दुर्घटनमा परेर घाइते

८ माघ, वीरगञ्ज ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा  घाइते भएका हुन् ।

content ad p2

गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।  अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

मन्त्री सिंहलाई भेट्न अस्पताल पुग्नुभएका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घटनाबारे छानबिन गर्न धनुषाका डीएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् ।

अर्को गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको र चालक घाइते रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका हुन् ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर