Lucky-Khabar_

बाराको गढीमाई मन्दिरमा तोडफोड गर्नेमाथि कारबाहीको माग

७माघ, वीरगञ्ज । राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।

content ad p2

अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले सोमबार गृहमन्त्री लेखकलाई भेटेर मन्दिर तोडफोड गर्नेको यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो ।

पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकल स्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ ।”

साथै, शुक्रवार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्था गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दान पेटिका र पङ्खाहरू तोडफोड र चरम उद्दण्डता गरेको दृश्यहरू सिसिटिभी फुटेजमा सहजै देखिएको जनाइएको छ ।

“अराजक समूहद्वारा बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उद्दण्डताविरुद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै गम्भीर ध्यानाकर्षण गराइएको छ,” विज्ञप्तिमा भनिएको छ ।रासस

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर