Lucky-Khabar_

११ हजार भोल्टको करेन्ट लागेर रौतहटमा एकजनाको मृत्यु

२० माघ,रौतहट । रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर एकजना गरुडा नगरपालिकाको  करारमा  कार्यरत रहेका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो।

content ad p2

गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओम प्रकाश यादवले बताए। उनलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो ।

त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्। मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

 

 

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर