Lucky-Khabar_

पर्सामा प्रहरीले रु ५६ लाख बढीको भन्सार छली सामान पक्राउ गरेको

२२माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी इकाइहरूले  सूचनाको आधारमा विभिन्न स्थानहरूबाट भन्सार छली गरी ल्याइएका सामानहरू पक्राउ  गरेका छन्। बरामद सामानको अनुमानित मूल्य रु ५६ लाख ४६ हजार ४ सय २९ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताएका  छ।

content ad p2

प्रहरीले श्रीपुर प्रहरी चौकी, श्रीसिया, इलाका प्रहरी कार्यालय लंगडी लगायतका स्थानहरूमा छापा मारेर विभिन्न प्रकारका इलेक्ट्रोनिक्स, खुद्रा सामान, खाद्यान्न, सुर्ती, चप्पल लगायतका सामग्री बरामद गरेको हो।

प्रहरीले भन्सार छली तथा चोरी पैठारीमा संलग्नहरूलाई कानूनी कारबाही अगाडि बढाउने जनाएको छ। पछिल्लो समयमा पर्सा क्षेत्रमा भन्सार छलीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा बनाएको बताइएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर