Lucky-Khabar_

गोली लागेर भारतीय लागुऔषध कारोबारी १ जना घाइते

२२माघ,झापा|लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ। एक जना भारतीय लागुऔषध कारोबारी प्रहरीको गोली लागेर घाइते भएका छन्।

content ad p2


जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए अनुसार झापाको कन्काई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको छ । जसमा प्रहरीले ५ राउन्ड गोली चलाएको हो।

कनकाईमा २ जनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए।

सोहि क्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले गोली चलाएको थियो। तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। एक जनाको खुट्टामा दुई गोली लागेको छ। दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन्। एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ। घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको एसपी केसीको भनाइ छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर