२४, माघ, चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने बिरुध्द चितवनको साहारा सहकारी ठगी मुद्दामा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ ।

चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।
महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएका हुन् ।
सहकारी ठगीको मुद्दामा चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ ।
सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौलाले बहस गर्दैछन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्दै गौतमले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएका छन् ।
जाहेरवालाका तर्फका वकिलले बहस गरेपछि प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् । लामिछानको तर्फबाट ११ जनाले बहस गर्दैछन् ।



