Lucky-Khabar_

अध्यादेश संसदबाटआज पारित हुदै,जसपाले पनि समर्थन गर्ने : कांग्रेस

२४माघ,काठमाडौं|  अध्यादेश संसदबाट आज पारित हुने  भनि नेपाली कांग्रेसलेदाबी गरेको छ। बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका हुन् ।

content ad p2


५१ अस्वीकारको सूचना परेका छन्, त्यसमाथि छलफल गरेर अस्वीकृत हुन्छ र स्वत: अध्यादेश पारित हुन्छ। प्रतिनिधि सभामा केही समस्या छैन। राष्ट्रिय सभाको हकमा केही समस्या जस्तो देखियो।’ उनले थपे, ‘तर,अहिले कुरा मिलिसक्यो, समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले सत्तापक्षकै बेञ्चमा बसिरहेको छ, जसपा नेपालले पनि समर्थन गर्छ। अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ।’

‘संसदीय दलको बैठक अघि कांग्रेससँग छलफल हुँदा समर्थन गर्न सकारात्मक हुनुहुन्छ, सर्त अहिले छोडिदिनुस्, सर्तको कुरा भोलि थाहा हुन्छ। घिमिरेले भने, ‘लेनदेन भएको छैन, जसपा लगायतले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण छैन।’

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर