३० माघ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ स्थित कात्तिकेबाट साँखु आउने जाने सडकमा बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए अक्बानुसार २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेका बस दुर्घटनामा परेको छ ।
उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।
बसमा अन्दाजी ४०/५० जना सवार भएको बताइए पनि यकिन हुन बाँकी नै रहेको एसपी बोहोराले बताए । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनामा केही व्यक्ति मृत्यु भएको हुनसक्ने आशंका छ ।
घुम्तीमा नमोडीकन बस सोझै कान्लाबाट तल खसेको प्रहरीले अनुमान गरेको छ । उद्धार गर्दै घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको प्रहरीले बताएको छ ।




