७ फागुन,वीरगञ्ज ।वीरगञ्जस्थित निजी अस्पतालहरूमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्नुभएको छ। वीरगञ्जका विभिन्न निजी अस्पतालहरूको मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर सहितको टोलीले निरीक्षण गरेको हो।

वीरगञ्जमा सबैभन्दा पहिले भवानी अस्पतालको अनुगमन टोलीले निरीक्षण सम्पन्न गरेको थियो। सोही क्रममा अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिइएको छ। भवानी अस्पतालबाट सुरु भएको अनुगमन अहिले प्रभु अस्पतालमा जारी रहेको छ भने अन्य निजी अस्पतालहरूमा पनि निरन्तर भइरहेको छ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा भएको यो अनुगमनले निजी अस्पतालहरूको सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिने उद्देश्य राखेको छ। स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार गम्भीर रहेको अनुगमन टोलीले जनाएको छ।


