१० फागुन,वीरगञ्ज । उपकार सेवा नेपालद्वारा अपांगता भएका एक जनालाई ह्वीलचेयर प्रदान गरेव्को छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा न. २१ अमलेखगञ्ज निवासी ४३ वर्षीय सुमन कार्कीलाई ह्वीलचेयर प्रदान गरिएको हो ।

सामाजिक अभियानता प्रकाश थारुकाअनुसार ३ वर्ष पहिले दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भई हिँडडुल गर्न नसक्ने सुमनलाई ह्वीलचेयर प्रदान गरिएको हो ।

ह्वीलचेयर पाएसँगै सुमनको दैनिकीमा केही सहज हुने उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीको विश्वास छ । अध्यक्ष सरावगीसँगै सदस्य अंकुर शर्मा लगायतले सुमनको घरमै पुगेर ह्वील चेयर प्रदान गरेका हुन् ।


