Lucky-Khabar_

हिन्दू पत्रकार संघ नेपालको बैठक सम्पन्न, कन्हैया पटेल नयाँ कोषाध्यक्ष

वीरगञ्ज । हिन्दू पत्रकार संघ नेपालको बैठक शुक्रबार वीरगञ्जस्थित ऐतिहासिक माइस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ।अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णय गरेको छ।

content ad p2

बैठकले लामो समयदेखि निष्क्रिय रहेका तीन जना सदस्यलाई संस्थाबाट हटाउने निर्णय गरेको छ। साथै, संस्थाको कार्यालय स्थापना गर्ने र आगामी गतिविधिलाई प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।बैठकमा कोषाध्यक्ष आनन्द पटेलले क्रियाशील पत्रकार संघको अध्यक्षमा चयन भएपछि हिन्दू पत्रकार संघको कोषाध्यक्ष पदबाट दिएको स्वेच्छिक राजीनामा स्वीकृत गरिएको छ। उनको स्थानमा कन्हैया पटेललाई नयाँ कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ।

बैठकमा उपाध्यक्षद्वय विनोद पटेल र बिमला गुप्ता, सचिव राजकुमार सराफ, कोषाध्यक्ष कन्हैया पटेल तथा सदस्यहरू रश्मि राजभण्डारी, अनिल ओझा, सन्तोष कुशवाहा, राजु बैठा र आनन्द पटेललगायतको उपस्थिति थियो।बैठकले संस्थाको आन्तरिक व्यवस्थापन सुदृढ गर्दै पत्रकारिता तथा संस्थागत गतिविधिलाई थप सक्रिय बनाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर