Lucky-Khabar_

अमेरिकाले थप २ जना नेपाली निष्कासित गरे

१० फागुन,काठमाडौं।अमेरिकाले थप २ जना नेपाली निष्कासित गरेको छ। अमेरिकामा अवैधरूपमा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।

नेपाल फर्काइनेमा केसी र बुढाथोकी थरीका २ व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। कानुन विपरीत अमेरिकामा बस्दै आएका उनीहरूलाई यसै साता फर्काइएको हो।

content ad p2

यसअघि अन्य २ जनालाई पनि निष्कासन गरिएको थियो। अमेरिकाले गैर कानुनीरूपमा बस्दै आएका जैसवाल र कार्की थरीका व्यक्तिलाई निष्कासन गरेको थियो।

गएको जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। भारतलगायत केही देशमा अमेरिकी सैन्य जहाजबाट नै आप्रवासीहरूलाई फिर्ता पठाइएको थियो।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर