Lucky-Khabar_

प्रयागराजमा कुम्भस्नान करिब ५० करोड मानिसले गरे: पानीको शुद्धताबारे विवाद

१० फागुन,बिरगंज|भारतको प्रयागराजमा कुम्भ मेलाको समापन हुनुअघि संगम क्षेत्रमा गंगा–यमुनाको पानीको शुद्धताबारे २ वटा रिपोर्ट बाहिर आएका छन्। जसलाई लिएर नयाँ विवाद सुरु भएको छ ।

content ad p2

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले फेब्रुअरी ३ मा राष्ट्रिय हरित न्यायाधीकरण (एनजीटी)लाई एउटा रिपोर्ट पेस गरेको थियो । जसमा गंगा–यमुनाको पानीमा निर्धारित मापदण्डभन्दा धेरै गुणा बढी फेकल कोलिफर्म ब्याक्टेरिया रहेको उल्लेख थियो ।

यसपछि, फेब्रुअरी १८ मा, उत्तर प्रदेश प्रदूषण नियन्त्रण बोर्ड (यूपीपीसीबी)ले एनजीटीलाई नयाँ रिपोर्ट दियो। यसमा सीपीसीबीको प्रतिवेदन अस्वीकार गरिएको थियो।

एनजीटीले यसमाथि कडा टिप्पणी गरेको छ र यूपीपीसीबीबाट नयाँ रिपोर्ट मागेको छ। यस मुद्दाको अर्को सुनुवाई फेब्रुअरी २८ मा हुनेछ। तर, कुम्भमेला २६ फेब्रुअरीमा समाप्त भइसक्नेछ ।

प्रयागराजमा माघ १३ गतेदेखि महाकुम्भ स्नान भइरहेको छ । उत्तर प्रदेश सरकारले जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म करिब ५० करोड मानिसले संगममा स्नान गरेका छन् ।

सम्बन्धित खबर

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर

ईर्ष्या र तुलनाले हराउँदै गएको मानवता : बिमल सर्राफ

लक्की खबर

हरिखेतान कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री बनाउने प्रतियोगिता

लक्की खबर