Lucky-Khabar_

महाकुम्भमा स्नान गरी फर्किने क्रममा सप्तरीका ४ जनाको स्कार्पियो दुर्घटना मृत्यु ७ घाइते

१० फागुन,सप्तरी । भारतको महाकुम्भमा स्नान गरी फर्किने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा ४ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ७ जना गम्भीर गाइते भएका छन् । मृत्यु हुनेहरुमा सप्तरीको ३ र सुनसरीको १ जना रहेका छन् ।

content ad p2

शुक्रवार मध्यराती उत्तर प्रदेशको गोरखपुरमा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र नेपाली तिर्थयात्री सवार भएको स्कार्पियो गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना तिर्थयात्रीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

मृत्यु हुनेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का उपेन्द्र नारायण चौधरीको श्रीमती लिलादेवी चौधरी, सोही ठाउँको पर्शुराम चौधरी, वडा नम्बर ५ पिप्रापूर्वका जितु यादवकी श्रीमती हरिहरदेवी यादव र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ कुशहा की समतोलिया देवी यादव रहेका छन्।

घटनामा उपेन्द्र चौधरी, जितु यादव सहित अन्य ७ जना तिर्थयात्रीहरु गम्भीर घाइते भएका छन्। उनीहरूको गोरखपुरको स्थानीय एक अस्पतालमा उपचारका भईरहेको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण संकलन आउँ बाकि छ बतायो ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर