Lucky-Khabar_

महाकुम्भमा स्नान गरी फर्किने क्रममा सप्तरीका ४ जनाको स्कार्पियो दुर्घटना मृत्यु ७ घाइते

१० फागुन,सप्तरी । भारतको महाकुम्भमा स्नान गरी फर्किने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा ४ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ७ जना गम्भीर गाइते भएका छन् । मृत्यु हुनेहरुमा सप्तरीको ३ र सुनसरीको १ जना रहेका छन् ।

content ad p2

शुक्रवार मध्यराती उत्तर प्रदेशको गोरखपुरमा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र नेपाली तिर्थयात्री सवार भएको स्कार्पियो गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना तिर्थयात्रीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

मृत्यु हुनेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का उपेन्द्र नारायण चौधरीको श्रीमती लिलादेवी चौधरी, सोही ठाउँको पर्शुराम चौधरी, वडा नम्बर ५ पिप्रापूर्वका जितु यादवकी श्रीमती हरिहरदेवी यादव र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ कुशहा की समतोलिया देवी यादव रहेका छन्।

घटनामा उपेन्द्र चौधरी, जितु यादव सहित अन्य ७ जना तिर्थयात्रीहरु गम्भीर घाइते भएका छन्। उनीहरूको गोरखपुरको स्थानीय एक अस्पतालमा उपचारका भईरहेको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण संकलन आउँ बाकि छ बतायो ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर