Lucky-Khabar_

पत्रकार महासङ्घले समाचार प्रकाशितको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै विरोध गरेको छ

१२ फागुन, काठमाडौँ ।नेपाल पत्रकार महासङ्घले समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै विरोध गरेको छ ।

content ad p2

पश्चिम टुडे अनलाइनमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर सम्पादक दीर्घराज उपाध्यायलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरूले धम्क्याएको घटनामा महासङ्घले विरोध गरेको हो ।

नेपाल पत्रकार महासङ्घ सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासङ्घ कैलालीका सचिव तेजराज भट्टले एक विज्ञप्ति जारी गर्दै उपाध्यायलाई मेयर हमालका समर्थकरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्की दिएको घटनाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।

‘समाचार वा लेखका बारेमा चित्त नबुझे कानूनी उपचारका थुप्रै उपायहरू हुँदै पत्रकारलाई धम्क्याउने कार्यप्रति पत्रकार महासङ्घ निन्दा गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ । धम्क्याउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई पत्रकार उपाध्याय र परिवारका सदस्यहरूको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।

उपाध्यायले धनगढीका नागरिकहरूका तर्फबाट आएका गुनासाहरूको उठान गर्दै पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टलमा फागुन ५ गते ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर