Lucky-Khabar_

मधेशका पशुपक्षी पालन गर्ने किसान समूहलाई दुई अर्ब अनुदान दिइने

१३ फागुन,महोत्तरी । मधेशका पशुपक्षी पालन गर्ने किसान समूहले २ अर्ब अनुदान पाउने भएका छन् ।मधेशका १ सय ७९ किसान समूहलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले २ अर्ब अनुदान उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको भएको छ ।

content ad p2

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमले किसानलाई व्यावसायिक कृषि र उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने उद्देश्यले अनुदान दिन लागिएको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।

कार्यालयले प्रदेशका आठवटै जिल्लाका किसान समूहमा ५ हजार बढी किसान आबद्ध रहेको कार्यालयका सूचना अधिकृत सन्तोष प्रकाशको भनाइ छ । छनोटमा परेका समूह र त्यसमा आबद्ध किसानको सङ्ख्या र प्रस्तावनाका प्रकृतिका आधारमा अनुदान रकम दिइने कार्यालयले जनाएको छ ।

रौतहटमा सबैभन्दा बढी रु. ५५ करोड, सिरहामा ४०, सप्तरीमा ३१, महोत्तरीमा २६, धनुषामा २३, सर्लाहीमा १६, बारामा १४ र सबैभन्दा कम पर्सामा सात करोड करोड अनुदान दिइने छ । समूहले ल्याएका प्रस्तावमा सम्बन्धित समूहले कूल लागतको ५५ प्रतिशत र कार्यालयले ४५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ ।

प्रदेशभित्रका पूर्वपश्चिम र हुलाकी राजमार्गले छोएका ८४ स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालित छ । साना उत्पादक र कृषि मूल्य शृङ्खलामा आबद्ध किसानबिचको बजार सम्बन्धको प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि सहयोगी वातावरण निर्माणमार्फत ग्रामीण उद्यम विकास गर्ने आयोजनाको मुख्य उद्देश्य छ ।

किसान समूहलाई दिइने अनुदानलाई कार्यालयले नवप्रवर्तन अनुदानको रूपमा परिभाषित गरेको छ । छनोट भएका समूह, संस्था र सहकारीमा आबद्ध लाभाग्राहीले प्रगति प्रतिवेदन पेस गरेपछि मात्र भुक्तानी प्रक्रिया अघि बढ्ने हुँदा अपेक्षित परिणाम प्राप्त हुने कार्यालयको ठम्याइ छ । अनुदान चार किस्तामा दिइने र त्यसअघिको प्रगति विवरण प्रतिवेदन अनिवार्य हुँदा किसानले कामको परिणाम देखाउनै पर्ने प्रावधान छ ।

छनोट भएका किसान समूहले पक्षी पालन, बीउ वृद्धि, भैंसीपालन, दूध डेरी, बाख्रा पालन, माछा पालन र बङ्गुर पालका प्रस्तावना पेस गरेका छन् । जसमध्ये सहकारी तथा वस्तुगत संस्थाले पहिलो चरणको भुक्तानी लिएर काम सुरु गरिसकेको कार्यालयले जनाएको छ । रासस

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर