१२ फागुन,काठमाडौं|काठमाडौंमा महाशिवरात्री नजिकिएसँगै शिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन्। बुधबार रहेको महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि विभिन्न स्थानबाट साधुहरु काठमाडौंस्थित पशुपति मन्दिर आएका हुन्।

अहिले पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने साधुहरुको संख्या बढ्दै छ।
पशुपतिको मन्दिरभित्र शिवरात्री पर्वको लागि साधुहरु प्रवेश गर्दै छन्। पशुपति मन्दिर भित्र प्रवेश गर्ने साधुहरुले आज पशुपति क्षेत्र आसपासमा र्याली निकालेका थिए।



