Lucky-Khabar_

पूर्व एआईजी विजयलाल कायस्थको वीरगञ्जमा सम्मान तथा स्वागत

१३फागुन्,बिरगंज|पूर्व एआईजी विजयलाल कायस्थको सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा विजयलाल कायस्थको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

सो कार्यक्रम वीरगञ्जको सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्व एआईजी कायस्थ उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व एआईजी कायस्थले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले सुरक्षा सुदृढीकरणमा नागरिक सहभागिता अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरू जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण हुने धारणा राखे।

१९ वर्षअघि पर्सा जिल्ला प्रहरी प्रमुखका रूपमा सेवा गरिसकेका कायस्थले आफ्नो कार्यकालमा वीरगञ्जमा सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र स्थापना गरेका थिए।उनलाई द्वन्द्वकालीन समयमा जिल्लाको सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा व्यवस्थापन गरी सुरक्षालाई मजबुत बनाएको योगदानस्वरूप सम्मान गरिएको हो।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर