Lucky-Khabar_

महाशिवरात्रिको पशुपतिमा चहलपहल

१३फागुन,काठमाडौं । पशुपतिनाथमा महाशिवरात्रि पर्वको अवसरको पूर्वसन्ध्यामा चहलपहल बढेको छ । भारतबाट साधुसन्तहरूको यसपटक उपस्थिति तुलनात्मक रूपमा कम देखिएको छ ।

content ad p2

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति अपेक्षा गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको जनाएको छ । केही छुटपुट सजावटका कामहरू भने जारी छन् ।

भक्तजनहरूको सुरक्षा र सुविधाका लागि १० हजार सुरक्षाकर्मी र करिब पाँच हजार स्वयंसेवकहरू खटाइनेछ । मन्दिर महाशिवरात्रिको दिन बिहान २ः१५ बजे खुल्नेछ भने मन्दिरका चारवटै ढोकाबाट भक्तजनहरूलाई शिवलिंगको दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मन्दिर परिसर र वरपरको क्षेत्रमा फागुन १२ देखि फागुन १५ गतेसम्म मदिरा, मासु र माछाको उत्पादन, बिक्री, उपभोग र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा साधु–सन्त र भक्तजनहरूको उपस्तिथिले मन्दिर परिसरलाई विशेष रौनक प्रदान गर्ने विश्वास विकास कोषले लिएको छ ।

 

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर