१३ फागुन,वीरगञ्ज । वीरगञ्जका एक प्रतिष्ठित यूवा व्यापारीले स्थानीय सञ्चारकर्मीले आफूलाई मानसिक तनाव दिएको आरोप लगाएका छन् ।
वीरगञ्ज स्थित सुरज फिस सप्लायर्सका सञ्चालक विपीन साहले स्थानीय केही सञ्चारकर्मीले आफुसंग आर्थिक सहयोगको अपेक्षा गरेको तर आफु असमर्थ रहेको अवस्थामा विभिन्न समाचारका माध्यमहरुमा झुठा अफवाह फैलाई चरित्र हत्या गरेको तथा आफुलाई मानशिक तनाव दिनुका साथै गलत अभिप्रायले प्रेरित भई कारोबार गर्न बाधा उत्पन्न गरिरहेको आरोप लगाएका छन् ।

केही दिन देखि काठमाडौं लगायत जनकपुरबाट सञ्चालित अनलाईनहरुमा आफु भारतीय नागरिक भएको भनेर गलत एवम् भ्रामक समाचार प्रकाशन गराउने सञ्चारकर्मीले आफ्नो व्यवसायका विषयमा गलत तथ्य समाचार मार्फत सार्वजनिक गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको साहले जनाएका छन् । कारोबारका लागि आफुले भारतको संविधान बमोजिम आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी आयात–निर्यात कोड (आईईसि) नम्बर लिएर माछाको आयात गरिरहेको अवस्थामा आईसिसि लिएकै भरमा आफुलाई भारतीय नागरिक भनेर गलत एवम् भ्रामक समाचार प्रकाशनमा ल्याउनुले ति सञ्चार माध्यमहरुको उद्देश्य गलत रहेको स्पष्ट भएको साहले बताए ।

समाचारको कुरा गर्ने हो भने काठमाडौं र जनकपुरबाट प्रकाशित हुने केही अनलाईनहरुले व्यवशायी विपीन साहलाई भारतीय भनेर समाचार शिर्षक बनाएका छन् । समाचारमा प्रमाण भने अपुष्ट रहेको छ । नेपाली नागकिले भारतमा आयात–निर्यात कोड (आईईसि) लिन सक्छन । यो कोड भारत सरकारले व्यापारिक गतिविधि गर्न इच्छुक व्यक्ति वा संस्थालाई जारी गर्दछ । नेपाली नागरिकले भारतको आयकर विभागमा आवेदन दिनुपर्छ । त्यसका लागि त्यहांको पान दर्ता चाहिन्छ ।
पान दर्ताको लागि भारतमा रोजगार, व्यवसाय वा अध्ययन जस्ता प्रयोजनले बसोवास गरेको प्रमाण पेश गर्नुपर्ने १ जानकारले बताए । आफुले सोही बमोजिम कोड नम्बर प्राप्त गरेको जनाउंदै प्राप्त कोडकै आधारमा आफुलाई भारतीय भनेर गलत प्रचार गरिएको दाबी गरे । साहको विषयमा प्रकाशित समाचारहरुमा वीरगञ्ज भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष राजमान तामाङले नेपाली नागरिकको नाउंमा माथि उल्लेखित कोड जारी हुन नसक्ने बताएको भनि लेखिएको छ ।
यस विषयमा तामाङसंग पुनः प्रतिकृया सोध्दा आफुलाई सो विषयमा अधिक जानकारी नभएको जनाए । उनले भारतमा कारोबार गर्न नेपाली नागरिकलाई के कस्तो प्रकृया अपनाउनु पर्ने हो अथवा नेपाली नागरिकले कारोबार गर्न पाउने नपाउने विषयमा आफु जानकार नभएको बताउंदै आफ्नो भनाईलाई संचारमाध्यमले सेन्सर गरेर राखेको स्विकार गरे ।


