Lucky-Khabar_

आज महाशिवरात्रि पर्व देशभरिका भक्तजनहरुले शिवालयहरमा पूजा आराधना गरी मनाइँदै

१४ फागुन,वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व आज महाशिवरात्रि देशभरिका भक्तजनहरुले शिवालयहरमा पूजा आराधना गरी मनाइँदैछ ।

content ad p2

भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक ४ प्रमुख रात्रिमध्ये १ पर्वका रूपमा विभिन्न पुराणमा उल्लेख छ ।

भक्तजनले फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महत्त्व छ ।
विवाहित महिला आफ्ना पति र परिवारको मङ्गल कामना गर्विछिन भने अबिवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छिन ।

शिवरात्रि हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । यसको रौनकले गाउँदेखि सहरसम्म, तराईका फाँटदेखि पहाडका उकाली–ओरालीसम्मलाई ढपक्कै छोप्छ । शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिनाथ, शिवमन्दिर, शिवालयमा दर्शनार्थीको भिड लाग्ने गर्छ ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर