Lucky-Khabar_

अन्तर्राष्ट्रिय फिल्म महोत्सवको फागुन १६ गते देखि जनकपुर हुने तयारी पूरा

१४ फागुन,वीरगञ्ज । अन्तर्राष्ट्रिय फिल्म महोत्सवको फागुन १६ गते देखि १८ गते सम्म जनकपुर हुने तयारी पूरा भएको छ । महोत्सवका आयोजक संस्था संवाद फाउण्डेशनले बुधवार पत्रकार सम्मेलनममार्फत महोत्सवको तयारी पूरा भएको जनाएको छ ।

content ad p2

फिल्म साक्षरताको प्रवद्र्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्लासहरु मार्फत चलचित्रलाई एक शक्तिशाली माध्ययमको रुपमा अवगत गराउने, नेपाली युवालाई प्रेरणा र अवसर दिने तथा फिल्म निर्माता एवम् कलाकारबीच अनुभव आदानप्रदानको अवसर सृजना गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको महोत्सवको आयोजक संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्करले जानकारी दिएका छन् ।

भास्करले भने–‘स्थानीय र विश्व सिनेमा बीचको सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकहरु सम्म पुर्याउँदै, अन्य देशका चलचित्र र कथाहरु संग गहिरो सम्वन्ध जोडनेछ र यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्य र सामिप्यता बढाउने मद्दत गर्नेछ ।’

महोत्सवमा विभिन्न १ सय ४४ भन्दा बढी देशका चलचित्रकर्मीहरुद्वारा तीन हजार पाँच सय भन्दा बढी आवेदन प्राप्त भएको उनले जानकारी दिए । अध्यक्ष भास्करका अनुसार महोत्सवकालागि १० विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिनेछ । प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने उनले बताए ।
मैथिली विकास कोषको सभा भवनमा सो सम्मेलन फागुन १६ गते देखि १८ गते सम्म आयोजना हुन लागेको छ ।

सम्बन्धित खबर

५ करोड डलरको हिराजडित ब्रा लगाउँदै काइली जेनरको भिक्टोरियाज सेक्रेट फेसन शोमा डेब्यु

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर