Lucky-Khabar_

वीरगञ्जमा प्रहरिबाट सापटी फिर्ता विवादमा हत्या आरोपी ३ जनालाई पक्राउ

१५ फागुन,बिरगंज।वीरगञ्जमा प्रहरिबाट सापटी फिर्ता विवादमा हत्या आरोपी ३ जनालाई पक्राउ गरेको छ |सापटी रकम फिर्ता नदिने विषयमा भएको विवादले एक युवाको ज्यान गएको छ।

content ad p2

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२७, उदयपुर घुर्मी बस्ने मुकेश कुमार यादव, ऐ बस्ने अरुण कुमार यादव र मुना तिवारी रहेको पर्सा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक(एस पी) गौतम मिश्राले  बताएको छ ।

प्रहरी उपरीक्षक गौतम मिश्रा पर्सा जिल्लामा आएपछी छिटो र कम समयमा नै  घटनाको अपराधि पता लगाउने कार्य भईरहेको छ भनि सुनिन्छ पनि |

उक्त घटना जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–२७,उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीका छोरा १९ वर्षीय इशाल प्रसाद कुर्मीको २०८१ फागुन ७ गते साँझ ६:१० बजे वीरगञ्ज महानगरपालिका–२८, जगरनाथपुर ढाट नजिक भेडैया खोलामा हत्या भएको थियो।

परिवारले छोराको खोजी गरिदिन प्रहरीमा निवेदन दिएपछि अनुसन्धान भइरहेको थियो। फागुन ११ गते कुर्मीको शव खोलामा तैरिरहेको अवस्थामा फेला परेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीले बताए अनुसार फागुन ७ गते बिहान ११:३० बजे कुर्मी छिमेकी साथीहरूसँग तास खेल्न गएका थिए। त्यही क्रममा सापटी रकम फिर्ता नगर्ने विषयमा विवाद हुँदा मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारीले मिलेर कुर्मीको हत्या गरी शव खोलामा फालेको खुल्न आएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले जनाए अनुसार तीनै जना अभियुक्तलाई फागुन ११ गते पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर