Lucky-Khabar_

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना

१६चैत, काठमाडौँ | शुक्रबार चैत १५ गते आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको छ ।

content ad p2

काठमाडौँ महानगरले शाहको नाममा वडा नम्बर ३२ तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले जरिवाना पत्रमा भनिएको छ, ‘तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना बेहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

साथै महानगरले सोही दिन तीनकुने क्षेत्रमै आयोजना गरिएको कार्यक्रमबाट उक्त क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ तोडफोड गरेबापत ४० हजार र तीनकुने आईल्याण्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना गराएको छ ।

त्यस्तै महानगरले बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले एक लाख, जडिबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी गरेकोमा एक लाख रुपैयाँ जरिवाना गराएको छ । तीनकुनेमा जथाभावी फोहोरमैला गरेकोमा एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

‘तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट उक्त क्षेत्रको भवनमा आगजानी भएको खबर प्राप्त हुनासाथ महानगरको न्यूरोड बारुणयन्त्रको दकमलसहित अग्नि नियन्त्रक खटिई गई आगो नियन्त्रण गर्ने क्रममा कार्यक्रममा आएका व्यक्तिहरूले दकमल,’ पत्रमा भनिएको छ, ‘अग्नि नियन्त्रकलाई ढुंगामुढा गरी दमकल फुटाएकोले क्षतिपूर्तिबापत एक लाख ३० हजार रुपैयाँ दाखिला हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

सोही कार्यक्रमबाट महादेवस्थान, कोटेश्वर क्षेत्रका सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा एक/एक लाख रुपैयाँ जरिवाना गराएको हो ।

gyanendra-patra-1743244297 (1) (8)

gyanendra-patra-1743244297 (1) (7)

gyanendra-patra-1743244297 (1) (6)

gyanendra-patra-1743244297 (1) (5)

gyanendra-patra-1743244297 (1) (4)

gyanendra-patra-1743244297 (1) (3)

gyanendra-patra-1743244297 (1) (2)

gyanendra-patra-1743244297 (1) (1)

gyanendra-patra-1743244297 (1)

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर