Lucky-Khabar_

राजावादीको प्रदर्शनमा पेस्तोल निकाल्ने व्यक्ति को हुन् ?

१६चैत, काठमाडौँ | तीनकुनेमा भएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका छन् ।

content ad p2

एक जना पुरुषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरुषहरूले लाठी बोकेको भिडिओ भाइरल बनेको छ । पेस्तोल निकालेका व्यक्तिहरू को हुन् र प्रहरीले पक्राउ गर्‍यो कि गरेन भन्ने चासो सर्वत्र छ ।

यद्यपि उनीहरू प्रदर्शनकारी नभई प्रहरी नै भएको खुलेको छ । उनीहरू कोटेश्वरमै रहेको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी रहेको खुलेको हो ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नारायण अधिकारीका अनुसार शुक्रवार दिउँसो प्रहरीको टोली अपरेसनबाट फर्किँदै थियो । त्यही बेला प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरू कोटेश्वरका भित्री गल्लीमा पसेको थियो ।

एसपी अधिकारीका अनुसार भित्र पसेका प्रदर्शनकारीले गाडी रोकेका थिए । ‘टोली अपरेसनबाट फर्किएको थियो । अफिस फर्कँदै गर्दा प्रदर्शनकारीहरूले रोके। हाम्रो ब्युरोका अधिकारीहरू सिभिलमा खटिन्छन्,’ उनले भने ।

प्रहरीहरूले प्रदर्शनकारीहरूलाई रोक्न खोजेका थिए, तर रोकिएनन् । केही बेरमै प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी समेत गरेका थिए ।

‘आफ्नो सुरक्षाका लागि भनेर पेस्तोल निकालेका हुन् । पेस्तोल निकालेका प्रहरी अधिकारीले फायर भने खोलेका थिएनन्,’ उनले भने । राजावादीको प्रदर्शनमा थुप्रै सवारीसाधनहरूमा आगजनी भएका थिए ।

उनीहरूले बालकुमारीमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, जडीबुटी औषधी प्रशोधन केन्द्रका आठ वटा गाडीहरू जलाएका थिए । प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न १०५ जना भन्दा बढीलाई पक्राउ गरिसकेको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर