Lucky-Khabar_

वीरगञ्जको नगवामा एक महिलाको शव फेला

१६ चैत, वीरगञ्ज ।पर्सा  वीरगञ्ज महानगरपालिका वडा नम्बर १६  इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिबार विहान एक महिलाको शव फेला परेको छ। मृतक वीरगञ्ज वडा नम्बर ४ नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अंसुईया अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।

content ad p2

महिलाको मृत्युको कारण हालसम्म यकिन हुन नसके पनि प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको प्रहरीले जनाएको छ। घटनास्थलको अवस्था हेर्दा कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविक कारण थाहा हुन सक्ने प्रहरीको भनाइ छ।

शव परीक्षणका लागि अग्रवालको शव वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर