Lucky-Khabar_

प्रदर्शनकारी र प्रहरीबीच झडप, जनकपुरधाममा अश्रुग्यास प्रहार

१७ चैत, जनकपुरधाम ।स्थानीय र प्रहरीबीच धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा झडप भएको छ। स्थानीयहरूले छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरूको पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले सडक खोल्ने क्रममा झडप उत्पन्न भएको हो।

content ad p2

झडपका दौरान प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका छन् भने स्थानीयहरूले ढुङ्गामुढा गर्दै प्रहरीलाई लखेटेका छन्। यस झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय सामान्य घाइते भएका छन्। यद्यपि, अहिलेसम्म घाइतेहरूको संख्या र अश्रुग्यास प्रहारको विवरण एकिन हुन सकेको छैन। धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले यसबारे जानकारी दिएका छन्।

घटना के हो? गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशु यादवलाई घरबाट बोलाएर छुरा प्रहार गरी बर्बरतापूर्वक हत्या गरेका थिए।

घटनाको केही समयपछि धर्मेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो, तर उनको साथमा घटनामा संलग्न अन्य व्यक्तिहरू, जस्तै छुरा दिने रामवरण महतोका छोरा राकेश महतो र आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार रहेका छन्।

सडक अवरुद्ध र प्रदर्शन आशुकी आमा अर्चना र अन्य स्थानीय बासिन्दाले दोषीहरूको तत्काल पक्राउको माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। प्रहरीले एकपटक बाटो खोल्ने प्रयास गरे पनि स्थानीयले पुनः सडक अवरुद्ध गरेका छन्। यस घटनामा प्रहरी र स्थानीयबीच तनाव जारी छ।

गत चैत १३ गते पनि स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए, जहाँ प्रहरीले थप अपराधीहरूलाई दुई दिनभित्र पक्राउ गर्ने आश्वासन दिएको थियो। तर एसपी तिवारीका अनुसार त्यस दिन कुनै प्रकारको सहमति भएको थिएन।

पक्राउ कार्य जारी एसपी तिवारीका अनुसार, छुरा प्रहार घटनामा संलग्न केही व्यक्ति फरार भएर भारतमा लुकेका छन् जसका कारण पक्राउ गर्नमा कठिनाइ उत्पन्न भएको हो। उनले भने, “धर्मेन्द्रलाई पक्राउ गरिसकिएको छ, र अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी छ।“

आशुको हत्या र मृतक पप्पुको एक्लो छोरा गुमेपछि अर्चना निकै सहाराविहीन भइन्। छह महिना अघि श्रीमान् पप्पुको मृत्यु भएको थियो, र अब उनका एक्ला छोरा पनि हत्या भएकोले अर्चनाका लागि यो असह्य भएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर