Lucky-Khabar_

बारामा भारतबाट ल्याइएको अवैध केराउ बरामद, वीरगञ्जका व्यापारी सिंहको भएको आशंका

१८ चैत,बिरगंज। बारा प्रहरीले अवैध रूपमा ल्याइएको करिब चार लाख ४४ हजार रुपैयाँ बराबरको केराउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा बाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर–१३ बलिरामपुरबाट अवैध केराउ बरामद गरेको हो।

content ad p2

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल ल्याएर बलिरामपुरको एउटा घरमा भण्डारण गरिएको केराउ विशेष सूचनाको आधारमा बरामद गरिएको हो। बरामद केराउ १८५ वटा बोरामा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बरामद गरिएको केराउ आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जानकारी दिएका छन्।

स्रोतका अनुसार बरामद गरिएको केराउ वीरगञ्जका सिंह थरका एकजना व्यापारीको भएको आशंका गरिएको छ। केराउ भारतको आदापुरबाट मटिअर्वा नाका हुँदै नेपाल भित्र्याइएको बताइन्छ।

सो कार्यमा जिल्ला प्रहरी कार्यालयको क्राइम शाखाका एकजना प्रहरी, प्रहरी चौकी मटिअर्वा र सशस्त्र प्रहरीको मिलेमतोमा केराउ नेपाल ल्याइएको दाबी पनि गरिएको छ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर