Lucky-Khabar_

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि केपी शर्मा ओलीले भने– भेटवार्ता सार्थक र रचनात्मक

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबिचको भेटवार्ता सार्थक सकारात्मक भएको नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

content ad p2

गएको शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा थाइल्यान्डकाे बैंककमा ओली र मोदीबिच भेटवार्ता भएको थियो ।सो भेटवार्तापछि रिमालले सामाजिक सञ्जालमा भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीबिच भेटवार्ता सम्पन्न भयो । उहाँहरू बिचको आत्मीय र सौहार्दपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो ।’

प्रधानमन्त्री मोदीसँगको भेटलगत्तै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री Narendra Modi जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्‍यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ।’

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर