Lucky-Khabar_

सशस्त्र प्रहरी पर्साद्वारा लाखौं मुल्यका तस्करीका कपडासहितको पिकअप नियन्त्रणमा

२४ चैत,बिरगंज ।सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वाको भुटनदेबी क्षेत्रबाट निस्केको तस्करीको पिकअप गाडी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३, भलुवाहीमा नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो पिकअप गाडीलाई पछ्याएको थियो। टोलीलाई देखेपछि चालकले गाडी लिएर बिरगंजको ईनर्वा भुटनदेबी हुँदै नगवा तर्फ भागेको बताइएको छ। पछि धाउने क्रममा बाराको भलुवाही गाउँमा पुगेर चालक गाडी छाडेर फरार भएको प्रहरीले जनाएको छ।

content ad p2

बा.प्र.०१–०२७ च ८५०३ नम्बरको पिकअप गाडीमा तस्करी गरिएको भारी मात्राको कपडा फेला परेको छ। पिकअप गाडीको मूल्य २५ लाख र कपडाको मूल्य १० लाख ७ हजार ९ सय रुपैयाँ बराबरको रहेको मूल्यांकन गरिएको छ।

बरामद गरिएको गाडी र कपडा आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, पर्साले जनाएको छ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर