Lucky-Khabar_

रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि भैरहवा कारागार चलान

२५ चैत,बुटवल ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा भैरहवा कारागार चलान गरिएको छ ।

content ad p2

लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लामिछाने अब अदालतको फैसला नआउन्जेल कारागारमा रहने छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर